काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १३ हजार ५६४ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १३ हजार ५६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

आज नयाँ थपिएका संक्रमितहरुमा ७१ जना महिला र २४५ जना पुरुष रहेका छन् । हालसम्म १ हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष गरी १३ हजार ५६४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

बाजुराका ४८, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७/७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२ तथा ललितपुर, भक्तपुर, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १६:३८