काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १९ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज पर्साका ४१, काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, ललितपुरका ५, बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, नुवाकोट, नवलपरासी पूर्व, म्याग्दी, गुल्मी र दैलेखका २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही, सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एक/एक जनामा पनि पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा १२ हजार १११ जना छन् । ५ हजार ३१६ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए ।

डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ३९९ पुगेको छ ।


प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७, १६:३३