काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज कैलालीका ९८, बझाङका ६८, पर्साका ६६, अछामका २८, इलामका २२, कञ्चनपुरका ९ र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ११ हजार ५३३ जना छन् । ५ हजार ३३८ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए ।

डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १६:३३