काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १३ हजार २४८ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

आज नयाँ थपिएका संक्रमितहरुमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । हालसम्म १ हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष गरी १३ हजार २४८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार आज डोटीका ९६ जना, बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, काठमाडौं र धनुषाका ६/६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जना तथा भक्तपुर, ललितपुर, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक/एक छन् ।

मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १७:०९