काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १२ हजार ३०९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

आज नयाँ थपिएका संक्रमितहरुमा १२० जना महिला र ४३४ जना पुरुष रहेका छन् । हालसम्म १ हजार ३६९ महिला र १० हजार ९४० पुरुष गरी १२ हजार ३०९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार आज बाजुराका ८६ जना, डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै, कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८/८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७/७ जना, सर्लाही र नुवाकोटका ६/६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५/५ जना, बारा र काठमाडौंका ४/४ जना, धनुषा र धादिङका ३/३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २/२ जना तथा जाजरकोट, पर्सा, पाँचथर, भक्तपुर र रोल्पाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १६:३४