काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ५ हजार ६८४ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८२३ जना महिला र ३ हजार १८५ जना पुरुष गरी कूल ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका ४ जना, उदयपुरका ६ जना, ओखलढुंगाका ५ जना, खोटाङका ३ जना, झापाका ४८ जना, ताप्लेजुङका १ जना, तेह्रथुमका १ जना, धनकुटाका ११ जना, भोजपुरका ३ जना, मोरङका ३६९ जना, संखुवासभाका ९ जना र सुनसरीका ३९४ जनामा तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ११ जना, पर्साका ३६ जना, बाराका १० जना, महोत्तरीका ११ जना, रौतहटका १७ जना, सप्तरीका ६ जना, सर्लाहीका १९ जना र सिराहाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २ हजार १०० जना, काभ्रेका ३५ जना, चितवनका १४७ जना, दोलखाका ८ जना, धादिङका ३८ जना, नुवाकोटका ४० जना, भक्तपुरका २०३ जना, मकवानपुरका ५४ जना, रसुवाका ३ जना, रामेछापका ५ जना, ललितपुरका ३६९ जना, सिन्धुपाल्चोकका ६ जना र सिन्धुलीका ४८ जनामा तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५१ जना, गोरखाका २५ जना, तनहुँका ५५ जना, नवलपरासी पूर्वका ३६ जना, पर्वतका ३ जना, म्याग्दीका ७ जना, लमजुङका २ जना, वाग्लुङका १२ जना र स्याङ्जाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका जिल्लाहरुमा अर्घाखाँचीका १५ जना, कपिलवस्तुका १० जना, गुल्मीका ७ जना, दाङका ९३ जना, नवलपरासीका ३१ जना, पाल्पाका ३७ जना, प्यूठानका ४२ जना, बर्दियाका ६ जना, बाँकेका ४५ जना, रुकुम पूर्वका २ जना, रुपन्देहीका २१५ जना र रोल्पाका ५ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका १ जना, जुम्लाका ८ जना, दैलेखका १० जना, रुकुम पश्चिमका ११ जना, सल्यानका १२ जना र सुर्खेतका १३४ जनामा तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ६ जना, कञ्चनपुरका १८ जना, कैलालीका ३५ जना, डडेलधुराका ४ जना, डोटीका ४ जना, दार्चुलाका ३ जना, बझाङका १० जना र बैतडीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या ११ लाख ६४ हजार ५५७ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ६८६ जना र सक्रिय संक्रमित ३० हजार ८१८ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको छ भने मृत्यु हुनेको संख्या ६१४ जना रहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १६:५७