काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका १ जना, ओखलढुंगाका १ जना, खोटाङका १ जना, झापाका १९ जना, धनकुटाका २ जना, भोजपुरका ५ जना, मोरङका ३५ जना र सुनसरीका ७० जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका ७ जना, बाराका १ जना, महोत्तरीका १ जना, रौतहटका १ जना, सप्तरीका ४४ जना, सर्लाहीका १ जना र सिराहाका २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ६५२ जना, काभ्रेका १८ जना, चितवनका १ जना, दोलखाका ३ जना, धादिङका ७ जना, नुवाकोटका १ जना, भक्तपुरका २५ जना, मकवानपुरका ४९ जना, रामेछापका १ जना, ललितपुरका ६० जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीमा १ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३२ जना, गोरखाका १९ जना, तनहुँका ३ नवलपरासी पूर्वका ५ जना, म्याग्दीका १ जना, लमजुङका २ जना, वाग्ललुङका ४ जना र स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका १ जना, गुल्मीका २ जना, दाङका ८ जना, नवलपरासीका ४ जना, पाल्पाका २ जना, बर्दियाका २ जना, बाँकेका ४४ जना, रुपन्देहीका ४५ जना र रोल्पाका १ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका १ जना, दैलेखका २ जना, रुकुम पश्चिमका १ जना, सल्यानका ३३ जना र सुर्खेतका १४ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १ जना र कैलालीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ५३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ७ हजार ८२० जना र सक्रिय संक्रमित १६ हजार २४२ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४१ हजार ७०६ पुगेको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १७:१५