काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५५ हजार ३२९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका १९ जना, झापाका ७ जना, भोजपुरका २ जना, मोरङका ३२ जना र सुनसरीका ४६ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६ जना, पर्साका ९ जना, बाराका १२ जना, महोत्तरीका १ जना, सप्तरीका २ जना, सर्लाहीका २ जना र सिराहाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ४४० जना, काभ्रेका १८ जना, चितवनका ३१ जना, दोलखाका १ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ४३ जना, मकवानपुरका १४ जना, रामेछापका १ जना, ललितपुरका २९ जना र सिन्धुलीका १ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५४ जना, गोरखाका १० जना, तनहुँका १७ नवलपरासी पूर्वका २ जना, लमजुङका ४ जना, वाग्लुङका २ जना र स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका १ जना, कपिलवस्तुका ६ जना, गुल्मीका २ जना, दाङका ४५ जना, नवलपरासीका ७ जना, पाल्पाका ७ जना, बाँकेका २४ जना, रुपन्देहीका ८१ जना र रोल्पाका २ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका १ जना, जाजरकोटका २ जना, दैलेखका ७ जना, सल्यानका २ जना र सुर्खेतका ३९ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ५ जना, कञ्चनपुरका ३ जना, कैलालीका ७० जना, डडेलधुराका १ जना, डोटीका ८ जना र बझाङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार १७० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ६ हजार ८९२ जना र सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।


प्रकाशित मितिः सोमबार, भदौ २९, २०७७, १६:५२