काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५९ हजार ५७३ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका १ जना, खोटाङका १ जना, झापाका ११ जना, धनकुटाका १ जना, मोरङका ९४ जना र सुनसरीका ५४ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका १६ जना, पर्साका १९ जना, बाराका १० जना, महोत्तरीका ४ जना, रौतहटका ७ जना, सप्तरीका ९ जना, सर्लाहीका ११ जना र सिराहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ५०७ जना, काभ्रेका २ जना, चितवनका १०१ जना, दोलखाका ३ जना, धादिङका २ जना, नुवाकोटका १ जना, भक्तपुरका ५० जना, मकवानपुरका ६३ जना, रामेछापका १ जना, ललितपुरका ६१ जना र सिन्धुपाल्चोकका ४ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १६ जना, गोरखाका ३ जना, तनहुँका २, नवलपरासी पूर्वका १५ जना, लमजुङका १ जना, वाग्ललुङका ४ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका १ जना, गुल्मीका १ जना, दाङका १ जना, नवलपरासीका १६ जना, पाल्पाका १ जना, प्यूठानका २१ जना, बर्दियाका १३ जना, बाँकेका २१ जना र रुपन्देहीका ३ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका १ जना, दैलेखका १० जना र सुर्खेतका १ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका २२ जना, कञ्चनपुरका ८ जना, कैलालीका २१, डोटीका १७ जना, बझाङका १ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २४६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ७ हजार ८८३ जना र सक्रिय संक्रमित १६ हजार २४१ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १६:५०