काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका १ जना, उदपयुरका २ जना, ‍ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुनसरीका ३८ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३३ जना, पर्साका १४ जना, बाराका १२ जना, महोत्तरीका ४ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जना, मकवानपुरका २४, रामेछापका ८ जना, ललितपुरका ३८ जना र सिन्धुपाल्चोकका १ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ नवलपरासी पूर्वका ७ जना, पर्वतका १ जना, लमजुङका २, वाग्लुङका १० जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, गुल्मीका १ जना, दाङका ३ जना, नवलपरासीका १ जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्देहीका १ जना र रोल्पाका १ जना कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका १ जना र सुर्खेतका १८ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका ९ जना र कैलालीका ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएकोमा ९०२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ५ हजार ३१० जना र सक्रिय संक्रमित १४ हजार ८६८ जना रहेको प्रा.डा. गौतमले जानकारी दिए ।

डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ ।


प्रकाशित मितिः मंगलबार, भदौ २३, २०७७, १६:४३