काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५२४ जना महिला र १ हजार ४९ जना पुरुष गरी कूल १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा झापाका ३ जना, भोजपुरका १ जना, मोरङका १५२ जना र सुनसरीका ३ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका १ जना, पर्साका १७ जना, बाराका २० जना, महोत्तरीका ३ जना, रौतहटका १६ जना, सप्तरीका ८ जना, सर्लाहीका १ जना र सिराहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ६३३ जना, चितवनका ८३ जना, धादिङका १ जना, नुवाकोटका ३ जना, भक्तपुरका ७२ जना, मकवानपुरका १ जना, रसुवाका १ जना, रामेछापका १ जना, ललितपुरका १०४ जना र सिन्धुपाल्चोकका ३ जना, तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २८ जना, गोरखाका १ जना, तनहुँका ४ जना, नवलपरासी पूर्वका ८ जना, लमजुङका २० जना, वाग्लुङका ३२ जना र स्याङजाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका १ जना, कपिलवस्तुका ६ जना, गुल्मीका २ जना, दाङका ३० जना, नवलपरासीका १ जना, प्यूठानका २ जना, बर्दियाका ३३ जना, बाँकेका ३३ जना, रुपन्देहीका ४७ जना र रोल्पाका ५ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ४ जना, सल्यानका १२ जना, सुर्खेतका ७६ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका २ जना, कञ्चनपुरका १३ जना, कैलालीका ५६ जना, डोटीका १ जना, बझाङका २४ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ५७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ६ हजार २८१ जना र सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ५३ हजार ८९८ पुगेको छ ।


प्रकाशित मितिः आइतबार, असोज ११, २०७७, १६:४७