काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६५ हजार २७६ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका १ जना, उदयपुरका १ जना, झापाका २ जना, मोरङका १०७ जना र सुनसरीका ११ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २ जना, पर्साका ५ जना, बाराका १ जना, महोत्तरीका १४ जना, रौतहटका २९ जना, सप्तरीका ४७ जना, सर्लाहीका ७ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ५३८ जना, काभ्रेका १० जना, दोलखाका ३ जना, धादिङका ६ जना, नुवाकोटका ५ जना, भक्तपुरका ७४ जना, मकवानपुरका ३ जना, ललितपुरका ६२ जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीका २ जना, तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १८ जना, नवलपरासीका २ जना र पर्वतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ७ जना, कपिलवस्तुका ९ जना, नवलपरासीका २४ जना, पाल्पाका ४ जना, प्यूठानका ७ जना, बाँकेका १० जना, रुकुम पूर्वका ९ जना र रुपन्देहीका १८ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ९ जना, रुकुम पश्चिम र सुर्खेतका २८ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३ जना, कञ्चनपुरका ७ जना, कैलालीका ३७ जना, डडेलधुराका ४ जना, डोटीका १ जना, बझाङका १६ जना, बाजुराका १ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार १५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ७ हजार ४०३ जना र सक्रिय संक्रमित १७ हजार ६११ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, १६:५०