काठमाडौंः नेपालमा आज थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ हजार ६०५ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज डोटीमा ६१, पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४ र डडेलुधराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८/८, भक्तपुर, रौतहट र बर्दियाका ७/७ जना, दाङ र बाराका ४/४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २/२ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, १६:३०