काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका १ जना, खोटाङका २ जना, झापाका १ जना, मोरङका ७१ जना र सुनसरीका ३ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका १४ जना, पर्साका ४ जना, बाराका ४ जना, महोत्तरीका ३ जना, रौतहटमा १ जना, सप्तरीका २ जना, सर्लाहीका २२ जना र सिराहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ४८३ जना, काभ्रेका १ जना, चितवनका २७ जना, धादिङका ३४ जना, नुवाकोटका ९ जना, भक्तपुरका ८१ जना, रामेछापका २ जना, ललितपुरका ३३ जना र सिन्धुपाल्चोकका १ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ७ जना, गोरखाका ७ जना, तनहुँका ७ नवलपरासी पूर्वका २० जना, लमजुङका २७ जना र स्याङ्जाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ४ जना, गुल्मीका २ जना, दाङका १ जना, नवलपरासीका ८ जना, पाल्पाका १ जना, प्यूठानका २ जना, बर्दियाका ६१ जना, बाँकेका १७ जना र रुपन्देहीका ३१ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, दैलेखका १ जना, रुकुम पश्चिमका १ जना र सुर्खेतका ७ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका २, कञ्चनपुरका १४ जना, कैलालीका ७ जना र डडेलधुराका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ६ हजार ५३६ जना र सक्रिय संक्रमित १५ हजार ११७ जना रहेको छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।


प्रकाशित मितिः आइतबार, भदौ २८, २०७७, १६:५१