काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका १ जना, झापाका ६ जना, भोजपुरका २ जना, मोरङका ११८ जना र सुनसरीका ५८ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ९ जना, पर्साका १७ जना, बाराका ७८ जना, रौतहटका ६ जना, सप्तरीका ४५ जना, सर्लाहीका २ जना र सिराहाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ६९८ जना, काभ्रेका ६ जना, चितवनका १९१ जना, दोलखाका १ जना, धादिङका १४ जना, नुवाकोटका ६ जना, भक्तपुरका ८२ जना, मकवानपुरका ३० जना, रामेछापका ६ जना, ललितपुरका ७९ जना र सिन्धुपाल्चोकका ३ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ८६ जना, गोरखाका १२ जना, तनहुँका ५, नवलपरासी पूर्वका ३९ जना र लमजुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका ६ जना, गुल्मीका ६ जना, दाङका २४ जना, नवलपरासीका ४१ जना, पाल्पाका ३ जना, प्यूठानका १ जना, बर्दियाका १८ जना, बाँकेका २ जना, रुपन्देहीका ८६ जना र रोल्पाका ९ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका १ जना, रुकुम पश्चिमका २३ जना र सुर्खेतका ११७ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १६ जना, कञ्चनपुरका ७ जना, कैलालीका १७, डोटीका १ जना, बझाङका १ जना, बाजुराका ३ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ७ हजार ७३६ जना र सक्रिय संक्रमित १७ हजार ३८३ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २, २०७७, १६:५१