काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६२ हजार ७९७ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगाका ३ जना, खोटाङका १ जना, झापाका ६ जना, मोरङका ३३ जना र सुनसरीका २३ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २ जना, पर्साका ६ जना, बाराका १११ जना, महोत्तरीका १ जना, रौतहटका २ जना, सप्तरीका १९ जना, सर्लाहीका १५ जना र सिराहाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ५७० जना, काभ्रेका १४ जना, चितवनका ७ जना, दोलखाका ५ जना, धादिङका १३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ८३ जना, मकवानपुरका १८ जना, रामेछापका ९ जना, ललितपुरका ५८ जना, सिन्धुपाल्चोकका ४ जना र सिन्धुलीका ७ जना, तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १३ जना, गोरखाका ४ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका ४५ जना, पर्वतका २ जना, लमजुङका ५ जना र स्याङ्जाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका ३ जना, दाङका २८ जना, नवलपरासीका १ जना, पाल्पाका २ जना, प्यूठानका १ जना, बर्दियाका ४ जना, बाँकेका २० जना र रुपन्देहीका १ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका २ जना र सुर्खेतका ३ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका २ जना, कैलालीका ८ जना, डडेलधुराका ३ जना, दार्चुलाका २१ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २०४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ७ हजार ७३५ जना र सक्रिय संक्रमित १७ हजार १२९ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १६:५१