काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगाका १ जना, खोटाङका १ जना, झापाका ६ जना, ताप्लेजुङका १ जना, पाँचथरका १ जना, भोजपुरका १ जना, मोरङका १११ जना, संखुवासभाका १ जना र सुनसरीका १७ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६ जना, पर्साका १ जना, बाराका ३ जना, महोत्तरीका ९ जना, रौतहटका २६ जना, सप्तरीका २६ जना, सर्लाहीका ४ जना र सिराहाका १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ५५५ जना, काभ्रेका ८ जना, चितवनका ३७ जना, दोलखाका ५ जना, धादिङका ४ जना, नुवाकोटका २ जना, भक्तपुरका ८६ जना, मकवानपुरका ८७ जना, रामेछापका २ जना, ललितपुरका ३५ जना र सिन्धुपाल्चोकका २ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ७ जना, गोरखाका ५ जना, तनहुँका ९ नवलपरासी पूर्वका २१ जना, मनाङका १ जना, लमजुङका ४ जना र स्याङ्जाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, गुल्मीका ३ जना, दाङका २६ जना, नवलपरासीका ३ जना, पाल्पाका १६ जना, बर्दियाका १ जना, बाँकेका २७ जना र रुपन्देहीका ५१ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका २ जना, सल्यानका २ जना र सुर्खेतका २३ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका ८ जना, कैलालीका ११ जना, डोटीका ११ जना, दार्चुलाका ३ जना, बझाङका २ जना र बैतडीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ४५९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ७ हजार २५० जना र सक्रिय संक्रमित १५ हजार ७७९ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ ।


प्रकाशित मितिः मंगलबार, भदौ ३०, २०७७, १६:४८