काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना तथा ललितपुरमा १३० जना गरी १ हजार ६९८ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १२ लाख ८३ हजार ३५४ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ८३१ जना र सक्रिय संक्रमित ३९ हजार ३४१ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ९२ हजार १६६ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १६:५२