भक्तपुरः सूर्यबिनायक नगरपालिका–६ कटुन्जे बस्ने राजेश केसीको घरमा तास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई नगद ४८ हजार ४ सय ८० नेपाली रुपैयाँ, ७ सय १० भारतीय रुपैयाँ र ७२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ५ गते बिहीबार, १०:४४