भक्तपुरः भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १३:५३