भक्तपुरः मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३–०२–०१७ प ७६७७ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक बस्ने दोलखा घर भएका १९ वर्षीय संगित तामाङ र भक्तपुर गठ्ठाघर बस्ने दोलखा सैलुङ गाउँपालिका–२ घर भएका १९ वर्षीय सलिन तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शनिबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने मोटरसाइकल धनी सिन्धुपाल्चोक बलेफी घर भई हाल गठ्ठाघर बस्ने ३० वर्षीय सागर तामाङको जाहेरीले खोजीका लागि खटिएको प्रहरीले संगितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा संगित र सलिनले उक्त मोटरसाइकल चोरी गरेको खुलेपश्चात उनीहरुलाई चोरी भएको उक्त मोटरसाइकल सहित पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


उनीहरु माथि चोरीको कसूर अनुसार थप अनुसन्धान तथा कारवाही भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, ११:४४