भक्तपुरः मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका–९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा २ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १५:२५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook