भक्तपुरः भक्तपुर नगरपालिका–५ क्वाछेँ टोलमा आज गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लव अफ भक्तपुर भैरबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् ।

लकडाउनको समयमा रगतको अभावलाई मध्यनजर गरि लायन्स क्लवले खुल्ला रक्तदान कार्यक्रम गरेको अध्यक्ष श्रीचरण अमात्यले जानकारी दिए ।

उनका अनुसार लकडाउनको समय त्यसमा पनि धान रोपाईको समयमा रक्तदान गर्ने दाताहरु कम हुने हुनाले रक्त संचार केन्द्रमा रगतको अभाव नहोस् भनी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १६:०५