भक्तपुर: चाँगुनारायण नगरपालिका–६ खरिपाटीबाट करिब २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर आदर्श बस्ने भारत सिक्कीम घर भएका ४६ वर्षीय सुमन कार्की र आदर्श बस्ने सर्लाही घर भएका २२ वर्षीय जमिर साह फकिरा रहेका छन् ।

बा ६६ प ५७७७ नम्बरको स्कुटरलाई महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटरमा आएका उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, २१:५२