भक्तपुरः मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको धनगढी नगरपालिका–४ सन्तनगर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटार बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

चौधरीले विभिन्न प्रभोलनमा पारी विवाह गर्छु, घुम्न जाउ भनी बोलाई उदयपुरको गाईघाटबाट बसमा चढाई भक्तपुरको कौशलटार स्थित डेराकोठामा ल्याई पटक–पटक जवरजस्ती करणी गरेको भन्ने पीडितले महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


पक्राउ परेका चौधरीलाई कानून बमोजिम पक्राउ गरी करणी सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १६:०१