भक्तपुरः मध्यपुर थिमि नगरपालिकास्थित गठ्ठाघरमा शनिबार साँझ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्रदेश ३–०२–००४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ७३२४ नम्बरको मोटरसाइकल चालक उदयपुर घर भई हाल भक्तपुर बस्दै आएका २२ वर्षीय मनराज राईको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा पछाडी चढेकी भक्तपुरमै बस्दै आएकी २४ वर्षीया मणीकला राईको काठमाडौँ मेडिकल कलेजमै उपचार भइरहेको छ ।

दुवै सवारी साधन सहित ९८६४ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, ११:३६