भक्तपुरः भक्तपुरको गठ्ठाघर स्थित उकालोमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्यविनायक नगरपालिका—४ दधिकोट बस्ने ५८ वर्षीय नरहरी न्यौपाने रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको लु २ ख ६७८ नं. को एल.पि. ट्रकको पछाडीको भागले सोही दिशा तर्फ जाँदै गरेको बा ८२ प ९७३७ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक न्यौपाने सडकमा लडी सोही ट्रकको पछाडी पट्टिको चक्कामा पर्न गई गम्भीर घाइते भएको र उपचारको लागि नागरिक अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।


घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र एल.पि. ट्रक चालक रुपन्देहीको सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओम प्रकाश चमारलाई महानगरीय प्रहरी बृत ठिमीमा कानुन बमोजिम राखी थप अनुसन्धान कार्य भईरहेको डिएसपी गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २०:२८