भक्तपुरः भक्तपुरको घलातेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर स्थायी घर भई हाल पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भई हाल पुतलीसडक बस्ने अन्दाजी २२ वर्षीय सूर्य ओली रहेको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका–१ स्थित घलातेमा काठमाडौंबाट सूर्यबिनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनीहरुको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार तीब्र गतिमा आएको सो मोटरसाइकल आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियोे ।



प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १३:१२