भक्तपुरः सुर्यबिनायक नगरपालिका–५ घलाते चोकमा हिजो भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको आज मृत्यु भएको छ ।

हिजो साँझ ७ः५० बजे जगातीबाट सल्लाघारी तर्फ जाँदै गरेको बा ६५ प ८८२९ नं। को मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बिचमा रहेको ट्राफिक आईल्याण्डमा ठक्कर खाई घाइते भएका रौतहट बिजयपुर नगरपालिका–८ लक्ष्मिनिया बस्ने ३० वर्षीय शंकर प्रसाद कलवारको आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कलवार गम्भीर घाइते भई उपचारको लागि डा. इवामुरा मे. अस्पताल सल्लाघारी लगेकोमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौं रिफर गरिएकोमा उनको आज दिउँसो ४ः०८ बजे उपचारको क्रममा सम्बन्धित चिकित्सकले मृत घोषित गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षाक दिपक गिरीले बताए ।


यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, २०:२८