भक्तपुरः भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

चाँगुनारायण नगरपालिका–४ फुलबारीमा काभ्रे खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ मृत फेला परेकी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फुलबारी स्थित मिनबहादुर खत्रीको ब्लक, सिमेन्ट र जस्ताले बनेको घरमा डेरा गरी अन्तरीमाया बिहीबार साँझ साढे ६ बजे मृत फेला परेको परिसरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

पोष्टमार्टमका लागि उनको शव भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ । ती महिलाको पोष्टमार्टम रिपोर्ट आएपछिमात्रै मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक बुढाथोकीले बताए ।


घटनाको थप अनुसन्धानका लागि सोही घरमा डेरा गरी बस्ने ७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, २१:१८