भक्तपुरः चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं जोरपाटी दक्षिण ढोका बस्ने दोलखा सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङ लगायत १२ जनालाई नगद १ लाख ७३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ९ गते शुक्रबार, २०:३१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook