भक्तपुरः मध्यपुर थिमि नगरपालिका स्थित चारदोबाटोमा शुक्रबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाको सुनखानी गाउँपालिका घर भएका २१ वर्षीय राज कुमार शिवाकोटी रहेका छन् ।

शिवाकोटीले चलाएको बा ६५ प ४६१० नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा मृत्यु भएको हो ।


प्रकाशित मितिः २०७७ साल माघ १० गते शनिबार, १६:५४