भक्तपुरः भक्तपुरको चित्तपोलमा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि चढेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सिताकुमारी कार्की रहेकी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि चढेकी उनको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते भएकी कार्कीको भक्तपुर अस्पताल दुधपाटी उपचारको क्रममा मृत्यु भएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


मोटरसाइकल चालक मृतकको छोरा ३४ वर्षीया प्रकाश कार्कीलाई केही नभएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई पक्राउ गरेको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ८ गते आइतबार, ०९:४२