भक्तपुरः सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा रहेको लाईभ स्टार कपडा वासिङ सेन्टरमा काम गर्ने क्रममा एक कामदारको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीया कमला के.सी. रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनी वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा अचानक पर्न जाँदा घाइते भई अचेत अवस्थामा लडिरहेको देखी सोही कम्पनीका संचालक साजन पराजुलीले फेला पारी तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी पुर्‍याएका थियो । तर, गम्भीर घाइते कमलालाई अस्पताल पुर्‍याउँदा नै मृत्यू भएको भन्ने सम्बन्धित चिकित्सकले जानकारी दिएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल फागुन २ गते आइतबार, २०:०८