भक्तपुरः सुर्यबिनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा स्कुलको भेनले अगाडि गईरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा १० वटा सवारी साधनहरु ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो सुर्यबिनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाडौं वर्ल्ड स्कुलको भेनले अगाडि गईरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउदा पछाडि आउदै गरेको बा १६ च ४३६१ नं. को टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा उक्त टाटा मोबाइलको पछाडि आउँदै गरेका बा ४१ प ४४०९ नं. को मोटरसाइकल, बा ३ ख ३३४९ नं. को बस, State 3 BAA 2836 नं. को कार, बा ७० प ४४४५ नं.को मोटरसाइकल, प्रदेश नं. ३–०२–००७ प ९६६४ नं. को स्कुटी, प्रदेश नं. ३–०१–००३ क ४६४४ नं. को भेन, प्रदेश नं. ३–०१–००३ क ४६४१ नं. को भेन, प्रदेश नं. ३–०२–०१० प ३७६३ नं. को मोटरसाइकल समेत गरी १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


घाइते भएका १५ जनाकै डा. इवामुरा मो. अस्पताल सल्लाघारीमा ल्याई उपचार भएको र उपचार पश्चात सबैको डिस्चार्ज भइसकेको प्रहरी भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

 


प्रकाशित मितिः शनिबार, फागुन २४, ०६:५४