भक्तपुरः सुर्यबिनायक नगरपालिका–८ जगातीचोकमा हात्ती गाडी र मोटरसाइकल एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाउको छ ।

शनिबार राति च्यामासिंहबाट जगातीचोक तर्फ जाँदै गरेको बा १९ च ३३८४ नं. को हात्ती गाडी र विपरित दिशातर्फबाट आउदै गरेको बा ६६ प २८१० नं. को मोटरसाइकल एक आपसमा जुध्दा गम्भीर घाइते भएका श्रेष्ठलाई भक्तपुर अस्पताल पठाईएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


गाडी चालक रामेछाप सुनापती गाउँपालिका–७ खनियापानी घर भई हाल काठमाडौं शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः आइतबार, साउन २५, २०७७, १३:०३