भक्तपुरः चाँगुनारायण नगरपालिका–८ जितपुरमा एक कुखुरा फर्ममा आगलागी भएको छ ।

स्थानीय दीपक गिरीले सञ्चालन गरेको चाँगुनारायण कुखुरा पोल्टि फर्ममा आगलागी भएको हो ।

गँहुको छ्वालीले छाएको टहरामा भुसे चुलोबाट अचानक आगो सल्किई तिब्र गतिमा आगोलागी फैलिई टहराहरु पुर्ण रुपमा जलेका कारण उक्त फर्म (टहरा) मा रहेको प्यारेन्ट जातीको कुखुरा अन्दाजी २ हजार ७ सय वटा जली अन्दाजी रु. १५ लाख बराबरको क्षति भएको हानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

महानगरीय प्रहरी प्रभाग सुडालको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १७:१२