भक्तपुरः चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३७ वर्षीय रिता दुवालको घरमा घरेलु मदिरा बनाउने भट्टी सञ्चालनमा छ भन्ने बिशेष
सूचनाको आधारमा आज दिउँसो महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।

दुवालको घरलाई घेराबन्दी गरी खानतलासी गर्दा घरेलु मदिरा (रक्सी) तयारी एक हजार लिटर, घरेलु मदिरा बनाउन प्रयोग हुने तयारी कच्चा पदार्थ एक हजार लिटर, ५५० किलो घरेलु मदिरा बनाउने सख्खर, घरेलु मदिरा बनाउने सामग्री तथा मेटलका भाडा र ७ वटा २०० लिटरका ड्रम समेत कानून बमोजिम बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


दुवाललाई थप अनुसन्धान तथा कारवाही लागी आन्तरिक राजश्‍व कार्यालय जगाती भक्तपुर पठाईएकोमा जरिवाना बापत एक लाख ३९ हजार पाँच सय जरिवाना तिराई उनी छुटेका छन् ।

थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २० गते मंगलबार, २१:२०