भक्तपुरः चाँगुनारायण नगरपालिका–२ झौखेलमा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ सहित भट्टी संचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय लक्ष्मी प्रसाद सुजखु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज दिउँसो सुजखुको घर टहरामा घरेलु मदिरा बनाउने भट्टी सञ्चालनमा छ भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरी टोलीले घर टहरालाई घेराबन्दी गरी खानतलासी गर्दा घरेलु मदिरा (रक्सी) तयारी ५ सय लिटर, तयारी कच्चा पदार्थ ४ हजार लिटर, घरेलु मदिरा बनाउने मेटलका भाडाहरु, माटाका भाडाहरु समेत कानून बमोजिम बरामद गरी रक्सी भट्टी संचालक सुजखुलाई पक्राउ गरिएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।


यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाही भईरहेको उनले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल माघ ५ गते सोमबार, १९:५६