भक्तपुरः चाँगुनारायण नगरपालिका–२ झौखेलमा बुधबार साँझ ट्रकबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
ट्रकमा चढेका स्थानीय ४१ वर्षीय सुर्यमान सुवालको मृत्यु भएको हो ।
बा २ क ९०९९ नम्बरको मिनिट्रकबाट ओर्लने क्रममा लड्दा गम्भीर घाइते उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रक सहित चालकलाई प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, ०८:३१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook