भक्तपुरः चाँगुनारायण नगरपालिका–९ ताथलीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुल्सीपुर नगरपालिका–४ घर भएका ३० वर्षीय शुरेश बादी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ताथलीको हनुमान ईट्टाभट्टामा काम गर्ने बादीले गत माघ ४ गते १७ वर्षीया महिलालाई डर, धाक, धम्की दिई बलात्कार गरेका थिए । बलात्कारपछि २ महिनाको गर्भ समेत भईसकेको भनी मंगलबार उजुरी दिएपछि मंगलबार नै प्रहरीले बादीलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बादीलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।



प्रकाशित मितिः बुधबार, चैत ५, ०६:३७