भक्तपुरः बिहीबार राति दत्तात्रय क्षेत्रमा राखिएका आकर्षक गमलाहरु दुई जनालाई प्रहरीले पक्राउ गरी जरिवाना तिराएको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ का रिजन लागे र वडा नं. १० का रमेश सुवाल रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनीहरुले राति ११ बजेर ४० मिनेटको समयमा मादक पदार्थ सेवन गरी केही अपशव्द समेत बोलेको र दत्तात्रय मन्दिरको उकालोतिर रहेको ठूलो गमला फुटाएको सीसी क्यामेराको फुटेजका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट नगरपालिकाले प्रतिव्यक्ति ५ हजार रुपैयाँको दरले जरिवाना गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

भक्तपुर नगरपालिकाले नगरको सम्पदा क्षेत्रमा हरियाली व्यवस्थापन गर्ने उद्देश्यले दरवार क्षेत्र, दत्तात्रय, नःपुखुलगायत विभिन्न स्थानमा विरुवासहित गमलाहरु राखेको थियो ।



प्रकाशित मितिः शनिबार, फागुन १७, १६:०१