भक्तपुरः भक्तपुरको नयाँ ठिमी र भातेढिकुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मध्यपुर थिमि नगरपालिका–४ नयाँ ठिमीमा सोमबार बेलुकी मोटरसाइकल पल्टिँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकलमा पछाडी चढेका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरका ६४ वर्षीय कुमार थापा रहेका छन् ।

काठमाडौंमा भक्तपुर गएको बा ७० प ७९६३ नम्बरको मोटरसाइकल पल्टिँदा उनको भक्तपुरमै रहेको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, भक्तपुरकै सूर्यविनायक नगरपालिका–९ भातेढिकुरमा पनि सोमबारै बेलुकी बा ९७ प ४६०० नम्बरको स्कुटर पल्टिँदा पछाडी चढेकी काभ्रपलाञ्चोक घर भइ भक्तपुरको च्यामासिंह बस्ने २४ वर्षीय चमेली तामाङ घाइते भएकी छिन् ।


घाइते युवतीलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल पठाइएको छ ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २५ गते मंगलबार, १०:३०