भक्तपुरः सुर्यबिनायक नगरपालिका–९ पलासे स्थित गणेश बाल विकास स्कुल नजिक खोल्सामा घोप्टो अवस्थामा एक जनाको शव फेला परेको छ ।

आज बिहान ७ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–९ महत गाँउ बस्ने ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

श्रेष्ठ दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने र बुधबार दिउँसो काम गरेर मादक पदार्थ सेवन गरी आफु बसेको कोठामा फर्किने क्रममा खोल्सामा आफैं लडी मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाईएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ १ गते बिहीबार, १७:०१