भक्तपुरः सुर्यबिनायक नगरपालिका–६ पाण्डुबजारमा कच्ची जस्ताको टहरामा आइतबार राति आगोलागी हुँदा १२ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

पाण्डुबजार स्थितमा रामकृष्ण चौगुठीको १ तले कच्ची जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलमा अचानक आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत आगलागी हुँदा सो रकम बराबरको क्षति भएको हो ।

आगलागीबाट रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को माटरसाइकल १ थान समेत जलि अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने घिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान समेत पुर्ण रुपमा जलि अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।


उनका अनुसार नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुर्सी, टिभी र अन्य सामानहरु समेत जलि अन्दाजी २ लाख रुपैयाँ, बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु जलि अन्दाजी ६० कजार रुपैयाँ र नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलि अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी स्थानीय, दमकल र प्रहरी टोलीको संयुक्त सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको डिएसपी गिरी जानकारी दिए ।

अचानक बिजुलीको तार सर्ट भई उक्त आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट अुलेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।





प्रकाशित मितिः २०७७ साल पुस २७ गते सोमबार, १६:१५