भक्तपुरः सुर्यविनायक नगरपालिका–६ पाण्डुबजारमा आज बिहान माइक्रो बसको ठक्करबाट पैदलयात्री वृद्ध घाइते भएका छन् ।

घाइते हुनेमा भक्तपुरकै भक्तपुर नगरपालिका–१ बाराहीका ८० वर्षीय आश बहादुर शिलाकार रहेका छन् ।

बा ५ ख ६३५८ नम्बरको बसले शिलाकारलाई ठक्कर दिँदा घाइते भएका उनलाई उपचारको लागि माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइक्रो बसका धनी भने घाइतेको उपचारमा संलग्न रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १९:१२