भक्तपुरः सूर्यबिनायक नगरपालिका–२ बालकोटबाट प्रहरीले करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कौशलटार बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ घर भएका ६५ वर्षीय सत्यमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, पुस २२, १२:३४