भक्तपुरः सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित सडकबाट अवैध लागूऔषध करिब ५० ग्राम पोल्याण्ड सहित तीन जनालाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३–०२–००३ प ४८०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भक्तपुर सिरुटार बस्ने २७ वर्षीय उज्वल श्रेष्ठ लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, १३:५७