भक्तपुरः ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १५:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook