भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–९ भातेढुकुरबाट पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सोमबार राति ८ बजे बाराको फेटा गाउँपालिका–३ बस्ने वर्ष ४१ को शम्भु प्रसाद शाह कानुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहलाई मंगलबार वृत्तमा सार्वजनिक गर्दै वृत्तका प्रमुख डिएसपी च्रकराज जोशीले शंकास्पद रुपमा बाटोमा हिडिरहेको आधारमा झोला तथा शरिर खानतलासी गर्दा कम्मरमा लुकाई राखेको १ थान गोली चेम्बरमा लोड गरी तयारी अवस्थामा रहेको कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ५ थान गोली पक्राउ गरिएको जानकारी दिए ।


पक्राउ परेका शाहलाई हातहतियार खरखजना अन्र्तगत थप अनुसन्धान कार्य भइरहेको डिएसपी जोशीको भनाई थियो ।

भिडियो-


प्रकाशित मितिः मंगलबार, भदौ २४, १४:१८